नियम ५
प्रवेश निषेध गर्न सक्ने
निकुञ्जको हितको लागि संरक्षकले निकुञ्जभित्र कुनै पनि व्यक्तिको प्रवेश निषेध गर्न सक्नेछ ।
तर यसरी प्रवेश निषेध गर्दा स्थानीय व्यक्ति तथा निकुञ्ज भएर मात्र पुग्न सकिने गाउँको व्यक्तिलाई निकुञ्जको बाटो भएर आवत जावत गर्न रोक लगाएको वा नियम २० बमोजिमको तोकिएको बाटोबाट आवागमन गर्न रोक लगाएको मानिने छैन ।